कपिलवस्तु, २३ फागुन– कपिलवस्तु–३ मा कांग्रेस उम्मेदवार अभिषेकप्रताप शाह विजयी भएका छन् ।
शाह २३ हजार ५३५ मत प्राप्तसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका प्रकाश रजौरियाले १८ हजार ८ सय ९० मत प्राप्त गरे ।
एमालेका वीरेन्द्रकुमार कनौडिया १४ हजार ७ सय ६३ मतसहित तेश्रो भए ।