मन खिन्न बनाउँदै रेनुले भनिन्ः कामबाट चितवनबासीको मन जितेँ, मत जित्न सकिनँ

काठमाण्डु टुडे २०८२ फागुन २३ गते १५:०८ मा प्रकाशित

काठमाण्डू, २३ फागुन– चितवन–२ बाट पराजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रेनु दाहालले आफूले काममार्फत जिल्लाबासीको मन जितेको भए पनि मन जित्न नसकेको भन्दै खिन्नता प्रकट गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूलाई पराजित गरेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएकी छन् ।

‘मैले कामद्वारा तपाईंहरुको मन त जितेँ तर मत जित्न सकिनँ । मत जित्ने मा.सोबिता गौतमलाई धेरैधेरै बधाई भन्न चाहान्छु’, रेनुले लेखेकी छन् । उनले ‘आगामी दिनमा कामद्वारा जनतामा खुशीयाली र चितवनको थप विकास र समृद्धिका लागि काम गर्न गौतमलाई भनेकी छन् ।

रेनुले सुनामीको लहडमा पनि आफूलाई विश्वास गरेर मत दिने मतदाताप्रति ऋणि रहेको र उनीहरुको यो गुन कहिल्यै नबिर्सने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

गौतम ५९ हजार २ सय ७७ मतसहित विजयी हुँदा निकतम प्रतिप्रस्पर्धी दाहालले २० हजार ६ सय १५ मत पाएकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us