काभ्रे–२ मा रास्वपाका बदन भण्डारी विजयी

काठमाण्डु टुडे २०८२ फागुन २३ गते १५:११ मा प्रकाशित

काठमाण्डू, २३ फागुन– काभ्रेपलान्चोक २ नम्बर क्षेत्रमा रास्वपाका बदन भण्डारी विजयी भएका छन । उनले ५३ हजार ३४४ मत ल्याएर विजयी हुन सफल भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार ९४० मत प्राप्त गर्न सफल भए । नेकपाका बसुन्धरा हुमागाइले ८ हजार १०७ मत प्राप्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us