भक्तपुर-१ मा रास्वपाले तोड्यो नेमकिपाको किल्ला

काठमाण्डु टुडे २०८२ फागुन २३ गते १३:११ मा प्रकाशित

भक्तपुर, २३ फागुन- भक्तपुर क्षेत्र नम्बर- १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रन्जित विजयी भएका छन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाललाई पराजित गर्दै रञ्जित विजयी भएका हुन् ।

रन्जित ३३ हजार ४ सय ३६ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी सुवालले २८ हजार १ सय ४७ मत पाए । उक्त क्षेत्रमा लगातार नेमकिपाले जित्दै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us