काठमाण्डू, २३ फागुन- राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी परित्याग गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफू दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिने भन्दै पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
पार्टीबाट राजीनामा दिए पनि राजतन्त्र पुनर्स्थापना हुनुपर्ने अडान भने लिइरहने उनले बताए ।
मिश्र प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डू १ बाट रास्वपाकी रञ्जु न्यापाने (दर्शना) सँग पराजित भएका थिए । मिश्रको सोही क्षेत्रबाट लगातार यो तेश्रो हार हो ।