काठमाण्डू रास्वपाको ‘क्लिन स्विप’

काठमाण्डु टुडे २०८२ फागुन २३ गते ९:०४ मा प्रकाशित

काठमाण्डू, २३ फागुन– काठमाण्डू जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित हुन सफल भएका छन । ९ वटा क्षेत्रको नतिजा आइसकेको छ भने काठमाण्डू २ मा रास्वपा उम्मेदवार सुनिल केसी निर्वाचित हुने पक्का छ । काठमाण्डू १ मा रञ्जु न्यौपाने (दर्शना) निर्वाचित भएकी छन् ।

काठमाण्डू २ मा सुनिल केसीले निकटतम प्रतिस्पर्धी कांग्रेसका कविर शर्मालाई १९ हजार मतले पछि परेका छन । काठमाण्डू ३ मा राजुनाथ पाण्ड, काठमाण्डू ४ मा पुकार बम निर्वाचित भइसकेका छन् ।

काठमाण्डू ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल निर्वाचित भएका छन् । काठमाण्डू ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । काठमाण्डू ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदिप विष्ट निर्वाचित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us