म्याग्दीबाट भारी मतान्तरसहित महावीर पुन विजयी

काठमाण्डु टुडे २०८२ फागुन २३ गते ८:३७ मा प्रकाशित

म्याग्दी, २३ फागुन- म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

पुन २२ हजार ८ सय ५० मतसहित विजयी भएका हुन् । पुनका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ मत प्राप्त गरेका छन् ।

तेश्रो र चौथो भएका काँग्रेसका कर्णबहादुर भण्डारी र नेकपामा अर्जुन थापाले क्रमशः ६ हजार ८ सय ८४ र ३ हजार ५ सय २९ मत प्राप्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us