बाँके, २३ फागुन- बाँके- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खगेन्द्र सुनार विजयी भएका छन् ।
२९ हजार ५ सय ५१ मतसहित सुनार विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका सुमन मल्लले १९ हजार ६ सय १५ मत प्राप्त गरेका छन् । सुनार र मल्लबीचको मतान्तर ९ हजार ९ सय ३६ छ ।
कांग्रेसका अमरसिंह पुन १३ हजार २ सय १५ मतसहित तेस्रो भए ।