चितवन, २३ फागुन- रास्वपा सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
लामिछाने ५४ हजार ४ सय २ मतसहित भारी मतान्तरले विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मिना खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त गरेकी छन् ।
उनीहरुबीचको मतान्तर ३९ हजार ८ सय ३८ छ ।