संसदमा सबैभन्दा वरिष्ठ नेता मै हुँ, रास्वपाले मेरो सुझावअनुसार मात्र सरकार चलाउँछ:प्रचण्ड

काठमाण्डु टुडे २०८२ फागुन २२ गते २२:३० मा प्रकाशित

रुकुमपूर्व, २२ फागुन- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनपछि बन्ने संसदमा सबैभन्दा वरिष्ठ र अनुभवी नेता आफू भएको दावी गरेका छन् ।

रुकुमपूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आयोजित वियज सभालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीसहितका नेताले चुनाव हार्ने निश्चित भएसँगै संसदमा सबैभन्दा अनुभवी र वरिष्ठ नेता आफू भएको बताए ।

‘मुलुकको राष्ट्रिय राजनीतिको मियो र संसद्को सबैभन्दा अनुभवी नेतृत्व अब म नै हूँ’, उनले भने । प्रचण्डले मुलुकको भावी राजनीति र संसदमा आफ्नो भूमिका निर्वकल्प रहेको दाबी गरे ।

यद्यपि प्रचण्डले आफ्नो पार्टी नेतृत्वमा सरकार बन्ने गणितीय आधार भने नभएको स्पष्ट गरे । यद्यपि निर्वाचनबाट नयाँ उदायका पार्टीहरु आफ्नो छत्रछायामै रहनुपर्ने दाबी गरे ।

निर्वाचनमा बहुमत ल्याउने सुनिश्चित भएको रास्वपा आफ्नो सल्लाह र मार्गनिर्देशनबिना सरकार चलाउन असमर्थ हुने दाबी पनि उनको छ ।
रास्वपाले आफूसँगको सल्लाह र सुझावमा मात्र सरकार बनाउने दाबी पनि उनको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us