रसुवामा काँग्रेसका मोहन आचार्य विजयी

काठमाण्डु टुडे २०८२ फागुन २२ गते २२:१३ मा प्रकाशित

काठमाण्डू, २२ फागुन- रसुवामा काँग्रेस उम्मेदवार मोहन आचार्य विजयी भएका छन् ।

आचार्य १० हजार ६ सय ५६ मतसहित विजयी भएका हुन् । आचार्यका निकटतम प्रतिद्वन्द्वी रास्वपाका वसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरेका छन् ।

आचार्य यसअघि ०७४ र ०७९ मा पनि रसुवाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us