ललितपुर-१ मा रास्वपाका महर्जनसँग पछि परे उदयशमशेर

काठमाण्डु टुडे २०८२ फागुन २२ गते २०:४२ मा प्रकाशित

काठमाण्डू, २२ फागुन- ललितपुर १ मा रास्वपा उम्मेदवार बुद्धरत्न महर्जनले अग्रता लिएका छन् ।

सुरुआती अग्रता लिएका कांग्रेस उम्मेदवार उदयशम्शेर राणालाई पछि पार्दै महर्जनले अग्रता लिएका हुन् ।

महर्जनले ७ हजार ७१ र राणाले ७ हजार ६४ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ७ मतको छ ।

एमाले उम्मेदवार चेतनाथ संजेल ४ हजार २० मतसहित तेश्रो स्थानमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us