ओलीसँग मतान्तर फराकिलो भएपछि दमक पुगे बालेन

काठमाण्डु टुडे २०८२ फागुन २२ गते १६:५६ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह झापाको दमक पुगेका छन । आज (शुक्रबार) दिउँसो विराटनगर विमानस्थल हुँदै बालेन दमक पुगेका हुन् ।

सुरक्षा स्रोतका अनुसार उनी आफ्नो निर्वाचन क्षेत्र नम्बर ५ मा जाने तयारीमा रहेका छन । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेका बेला फराकिलो अग्रता बनेपछि उनी यो क्षेत्र आएका हुन् ।

बिहीबार हेलिकप्टर मार्फत आएका उनी आधा बाटोबाटै काठमाण्डू फर्किएका थिए । प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका उनले मतान्तर बढाएका छन् ।

बालेनले ५ हजार १२३ को मतान्तर बनाएका हुन् । बालेनले ६ हजार ५५१ मत प्राप्त गरेका छन् । पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us