काठमाण्डू, २२ फागुन– झापा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगीले अग्रता लिएकी छन् । उनले १ हजार ५९१ मत सहित अग्रता लिएकी हुन् ।
उनलाई पछ्याइरहेका श्रम संस्कृति पार्टीका केवलराम राईले ७७५ मत प्रप्त गरेका हुन । कांग्रेसका केशवराज पाण्डेले ५७०, नेकपा एमालेका रामचन्द्र उप्रेतीले ४०७ र राप्रपाका हेमराज कार्कीले ११३ मत पाएका छन् ।
नेकपाका अशेष घिमिरेले ४० मत प्रप्त गरेका छन । झापा १ मा १ लाख ३१ हजार ६७ मतदाता रहेकामा ७६ हजार ७७४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।