चितवन–३ मा रेनुभन्दा सोबिता ४ हजार ६२३ मतले अगाडि

काठमाण्डु टुडे २०८२ फागुन २२ गते १५:०९ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमले फराकिलो अग्रतालाई कायमै राखेकी छन । १९ हजार ४५ मत गणना गर्दा सोविताले ९ हजार ८७९ मत प्राप्त गरेकी छन् ।

उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालभन्दा ४ हजार ६२३ मतले अगाडि रहेकी छन ।५ हजार २५६ मतका साथ रेनुले सोबितालाई पछ्याइरहेकी छन् ।

नेकपा एमालेका टेकप्रसाद गुरुङले १ हजार ४६५ मत प्राप्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us