काठमाण्डू, २२ फागुन– सुदूरपश्चिमका डोटीमा नेकपा एमालेले सुरुवाती अग्रता लिन सफल भएको छ । यस क्षेत्रमा एमाले उम्मेदवार दीपक धामी २४० मतका साथ अग्रस्थानमा देखिएका छन् ।
उनी एमालेको भ्रातृ संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समेत हुन । केहीबेर अघि सार्वजनिक भएको मतगणनको परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार त्रिलोचन भट्ट २१० मतसहित धामीलाई पच्छ्याइरहेका छन् ।
उनी सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री हुन् । डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का ९७ मतका साथ तेस्रो स्थानमा छन् ।
उनी कांग्रेसका केन्द्रीय सदस्य हुन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्रबहादुर खड्का ८२ मत ल्याएर थौथो स्थानमा रहेका छन ।