मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

काठमाण्डु टुडे २०८२ फागुन २२ गते १४:३४ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले जानकारी दिएका छन ।

मतगणना स्थल नजिकै खाना खाने क्रममा उनी ११ः ४५ बजे एक्कासी बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो ।

अस्ताललका चिकित्सकले उनलाई मृत घोषणा गरेको बताइएको छ । उनी मोरङ– २ का रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us