देउवाको गृहजिल्ला डडेलधुरामा रास्वपाका जोशीको प्रारम्भिक अग्रता

काठमाण्डु टुडे २०८२ फागुन २२ गते १३:३४ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।

प्रारम्भिक मतगणनामा रास्वपाका ताराप्रसाद जोशीले ४७८ मतसहित अग्रता लिँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मानसिंह मालले २९२ मत प्रप्त गरेका छन ।

कांग्रेसका नैनसिंह महर भने २७८ मतसहित तेस्रो स्थानमा रहँदा एमालेका चक्रप्रसाद स्नेहीले १५३ मत मात्रै पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us