गुल्मी–१ मा सागर ढकाललाई सुरुवाती अग्रता

काठमाण्डु टुडे २०८२ फागुन २२ गते १३:२७ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा मतगणना सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले सुरुवाती अग्रता लिन सफल भएका छन ।

चन्द्रकोट गाउँपालिका–१ सराङ (दीब्रुङ दह, अर्जेवा) बाट भएको प्रारम्भिक मतगणनाअनुसार रास्वपाका ढकालले २४३ मत प्राप्त गरेका छन । त्यस्तै नेपाली कांग्रेसका चन्द्र भण्डारीले १०३ मत, नेकपा एमालेका प्रदीप ज्ञवालीले ११८ मत प्राप्त गर्न सफल भएका छन ।

गुल्मी–१ मा कालिगण्डकी र चन्द्रकोट गाउँपालिकाबाट मतगणना सुरु गरिएको हो । प्रारम्भिक मतगणनामा ढकालले अग्रता लिए पनि मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us