रास्वपाको जनलहर सुशासन र समृद्धि पूरा गर्न शान्त विद्रोहः बाबुराम भट्टराई

काठमाण्डु टुडे २०८२ फागुन २२ गते १३:११ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको जनलहरलाई सुशासन र समृद्धिको आकांक्षा पूराका आम जनताको शान्त विद्रोह भएको बताएका छन ।

प्रारम्भिक मत परिणाम आइरहँदा डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् । ‘ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ट परिस्थितिमा सम्पन्न आम निर्वाचनमा नवोदित दल रास्वपाको पक्षमा देशव्यापी जनलहर पैदा भएको छ ।

यो मूलतः सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नका लागि आमजनताको शान्त विद्रोहको अभिव्यक्ति हो भनेर सबैले स्वीकार्नै पर्ने हुन्छ,’ भट्टराईले उल्लेख गरेका छन् । उनले रास्वपालाई बधाई पनि दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us