काठमाण्डू, २२ फागुन– काठमाण्डू– ९ मा पनि प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । यहाँ रास्वपाका उपसभापतिसमेत रहेका डीपी अर्यालले अग्रता बढाइरहेका छन् ।
उनले ५५५९ मत ल्याउँदा नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ११२६ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै नेकपा एमालेका अजयक्रान्ती शाक्यले ९७० मत प्रप्त गरेका छन ।