रुपन्देही ३ मा रास्वपाको फराकिलो अग्रता

काठमाण्डु टुडे २०८२ फागुन २२ गते ५:५८ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– रुपन्देही–३ मा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फराकिलो मतान्तरले अग्रता लिएको छ । तिलोत्तमा १३ र ओमसतिया २ को मतगणना हुँदा रास्वपा उम्मेदवार डा. लेखजंग थापाले १३७७ मत पाएर अग्रता कायम गरेका छन् ।

नेपाली कांग्रेसका सुशिल गुरुङले २४९, राप्रपाका गौरव बोहराले २४८, नेकपा एमालेका बासुदेव घिमिरेले १९२, नेकपा का फैज अहमद खानले ४५, राष्टिय जनमुक्ति पार्टीका मोजिब अलीले ३६ मत पाएका छन् । यहाँ १ लाख ४० हजार ३५ मतदाता रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us