६० प्रतिशत मत खस्योः निर्वाचन आयोग

काठमाण्डु टुडे २०८२ फागुन २१ गते २०:५६ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको जनाएको छ ।

निर्वाचन आयोगले बिहीबार साँझ गरेको पत्रकार सम्मेलनमा कर्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसबारे जानकारी गराएका हुन ।

भण्डारीले भने,‘६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको छ, ‘मतदान प्रक्रिया शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।’आयोगले सवै क्षेत्रका मतपेटिका संकलन गरेर प्रक्रियाअनुसार मतगणना सुरु हुने समेत जानकारी गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us