काठमाण्डू, २१ फागुन– दुईवटा निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खसेको छ । दुवै क्षेत्रमा गरी कुल ३ लाख २६ हजार ६११ मतदातामध्ये बिहीबारको निर्वाचनमा ६०.४२ प्रतिशतले मतदान गरेको प्रारम्भिक तथ्यांक रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलले जानकारी दिएको छ ।
जसमा महिला ९२ हजार ८२९ र पुरुष १ लाख ४ हजार ५१२ गरी कुल १ लाख ९७ हजार ३४१ जनाले मतदान गरेका छन् । हाल मतदान केन्द्रबाट मतपेटिका संकलन कार्य भइरहेको छ । मतपेटिका संकलन सम्पन्न भएलगत्तै राति नै सर्वदलीय बैठक बसेर मतगणना सुरू गरिने बताइएको छ ।