काठमाण्डू, २१ फागुन– दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलबाट नै गायब भएको छ । बिहीबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरु भएपछि मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजे ।
त्यसपछि सुरु भएको विवाद अझै टुङ्गिएको छैन । सर्वदलीय बैठकले मतदान सुरु गर्ने सहमति गरे पनि मतपत्र हराएपछि अझै मतदान सुरु भएको छैन । मतदानस्थलबाट ५६ बुक मतपत्र गायब भएको छ ।
हराएको मतपत्र खोजी भइरहेको दोलखामा निर्वाचन गराउन खटिएका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । आयोगका कर्मचारी र सुरक्षाकर्मीहरूले हराएको मतपत्रलाई मुचुल्का गरेर गणना नगर्ने गरी मतदान सुरु गर्न आग्रह गरे पनि दलका प्रतिनिधिहरुले मानेका छैनन् ।
विवाद गर्नेहरूमा नेपाली कांग्रेस र एमालेका कार्यकर्ता छन् ।