हुम्लामा मतपेटिका नै गुम्बामा लैजान माग गरेपछि विवाद

काठमाण्डु टुडे २०८२ फागुन २१ गते १५:१६ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– हुम्लाको नाम्खा गाउँपालिका९६ हल्जीस्थित सुनखानी प्राथमिक विद्यालयको मतदान स्थलमा विवाद भएको छ । यहाँको हल्जी गुम्बामा रहेका केही मतदाताका लागि गुम्बामै मतपेटिका लैजानुपर्ने माग राखेपछि विवाद बढेको हो ।

निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले स्थानीयको माग पूरा हुने खालको नभएको बताएपछि विवाद भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिएका छन ।

‘यहाँ २९३ मतदातामध्ये १६४ ले मतदान गरिसकेपछि केही व्यक्तिहरूले गुम्बामै मतपेटिका लैजानुपर्ने माग गरेपछि विवाद भएको हो, उनले भने, ‘यो पूरा हुने माग होइन । निर्वाचन कर्मचारीहरूले समाधानका लागि पहल गरिरहनु भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us