फागुन २१ मैले दुई पटक पुनर्जीवन पाएको दिन होः ओली

काठमाण्डु टुडे २०८२ फागुन २१ गते १४:५२ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ आफ्ना लागि दुई संयोगको दिन भएको बताएका छन ।

आज (बिहिबार) बिहीबार फेसबुकमार्फत ओलीले दुई संयोगकै कारण आफूले फागुन २१ कहिल्यै बिर्सन नसक्ने बताएका हुन । ओलीले लेखेका छन, ‘आज मेरो जीवनका दुई संयोगहरू भएको दिन हो, ‘आज सुखानी शहीद दिवस हो, भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।’

यही कारण आफूले जीवनमा दुवै दिन आफूले पुनर्जीवन पाएको उनले भनेका छन् । ‘यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन् ।’ झापा आन्दोलनबाट निरंकुश व्यवस्थाको विरुद्ध विद्रोहको बिगुल फुकेको ओलीले सम्झेका छन् ।

‘त्यही क्रममा हामीलाई जेल हालिएको थियो । झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो,’ ओलीले लेखेका छन् । जेल सार्ने बहानामा हत्या गरिन लाग्दा आफू मृत्युको मुखबाट फर्केर आएको ओलीले भनेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘र, १४ वर्षको कठोर कारावास बिताएको थिएँ ।’सोही क्रममा उनले देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us