मदन भण्डारीकी छोरीलाई किन हुन दिइएन युवासंघको सदस्य ?

काठमाण्डु टुडे २०७१ असोज १३ गते ३:२८ मा प्रकाशित

काठमाण्डु, १३ असोज– महेश बस्नेत मन्त्री बनेपछि युवासंघको कार्यबाहक अध्यक्ष बन्ने सपनादेखेका तीन उपाध्यक्षहरु अहिले निराश छन् ।
ushakiran bhandariबस्नेत मन्त्री भएपछि कार्यबाहकपाउने आशा झपट रावललाई थियो । आफू वरिष्ठतम् उपाध्यक्ष भएको र यसबीचमामहेशलाई सहयोग नै गरेकाले पनि रावलले कार्यबाहकको अपेक्षा गर्नु स्वभाविकथियो ।

त्यसो त बुटवलको युवासंघ महाधिवेशनमा पनि अध्यक्षको दाबी गरेकारावलले बस्नेतलाई सघाउने बेलामा संविधानसभा चुनावपछि कार्यबाहक अध्यक्षपाउने आश्वासनमा छाडेको चर्चा चलेको थियो । एमालेको नवौं महाधिवेशनमायुवासंघबाट महाधिवेशन प्रतिनिधि बन्ने बेलासम्म पनि रावल स्पष्ट रुपा माधवनेपाल पक्षमा नखुली बस्नेतसँग निकट बनेका थिए ।

बस्नेतले रावललाई २६सभासद्मा पार्न पार्टी नेतृत्वलाई सिफारिससमेत गरेका थिए । रावल केपी ओलीको पक्षमा खुल्ने र कार्यबाहक अध्यक्ष पाउने सम्भावना रहेकोचर्चा पनि चलेको छ । यसपटक केन्द्रीय सदस्य मनोनित गर्ने क्रममा दुवैपक्षका मिलाएर विवाद नहुने गरी टुंगो लगाइएको स्रोतले जनाएको छ ।
युवासंघ केन्द्रीय कमिटीमा पार्टीका पूर्वअध्यक्ष झलनाथ खनालका छोरानिर्भिक खनाल चित्रकारसँगै उपाध्यक्ष विद्या भण्डारीकी छोरीउषाकिरण  भण्डारीलाई पनि मनोनित गर्ने प्रस्ताव आएको थियो । तर, भण्डारीलाईयसपटक मनोनित गरिएन ।

अहिले उनी जिफन्टमा कार्यरत छिन् । मदन भण्डारीकीजेठी छोरी उषाले सक्रिय राजनीतिमा आउन चाहेकी छन् । उनलाई अहिल्यै ल्याउँदाएकैचोटि नेताका छोराछोरी ल्याएको आरोप लाग्ने भएकाले अर्कोपटक ल्याउनेसहमति भएको स्रोतले जनाएको छ । यसअघि नै बामदेव गौतमका छोरा हरिश गौतम पनियुवासंघ केन्द्रीय सदस्य भइसकेका छन् ।

साँघु साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us