धादिङमा दुईवटा बस ठोक्किँदा पाँचको मृत्यु, ३० घाइते

काठमाण्डु टुडे २०७१ असोज १३ गते २:२७ मा प्रकाशित

धादिङ, १३ असोज– पृथ्वी राजमार्गअन्तर्गत धादिङको भुमेस्थान–६ सिम्लेमा दुईवटा बस आपसमा ठोक्किँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाण्डुबाट काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४३८४ र बेनीबाट काठमाण्डु आउँदै गरेको
ना ३ ख  ७६३३ नम्बरको बस बिहान करिब साढे बजेतिर ठोक्किएर दुर्घटना भएको हो । मृत्यु हुनेमा दुई महिला र तीन पुरुष छन् । मृतकमध्ये बेनीबाट आएको बसमा रहेका कान्छी थापामगर र कृतिका थापामगरको मात्र सनाखत भएको छ ।

उनीहरुको ठेगाना भने खुलेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका १२ जनालाई उपचारका लागि काठमाण्डु ल्याइएको छ । सामान्य घाइते ३० जनाभन्दा बढीको स्थानीय व्सास्थ्य संस्थमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us