किन नलगाउने भए ज्ञानेन्द्रले सर्वसाधारणलाई दसैंमा टीका ?

काठमाण्डु टुडे २०७१ असोज १३ गते २:११ मा प्रकाशित

काठमाण्डु, १३ असोज– पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको दसैंमा सर्वसाधारणलाई टीका नलगाउने भएका छन् ।
ganendraधपेडी हुने भन्दै डाक्टरहरुले आराम गर्न सुझाएपछि शाहले यस वर्ष टीका नलगाउने भएका हुन् । केही दिनअघि थापाथलीस्थित नर्भिस अस्पतालमा हृदयघातको उपचार गराएका पूर्वराजा शाहलाई डाक्टरहरुले आराम गर्न सुझाएका छन् ।

खानपिनमा पनि ख्याल गर्न उनलाई चिकित्सकहरुको सल्लाह छ । देशमा गणतन्त्र आए पनि पूर्वराजा ज्ञानेन्द्रले हरेक दसैंमा सर्वसाधारणलाई टीका लगाउँदै आएका थिए ।

स्रोतका अनुसार पूर्वराजा शक्तिपीठहरुमा पनि नजाने भएका छन् । यसअघिका दसैंमा उनी सप्तमी र अष्टमीका दिन काठमाण्डुको शक्तिपीठहरुमा दर्शन गर्न जाने गर्थे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us