१६ लाखले छाडे काठमाण्डु

काठमाण्डु टुडे २०७१ असोज १३ गते १:४९ मा प्रकाशित

काठमाण्डु , १३ असोज– जन्मथलोमै दसैं मनाउन आ–आफना घर जाने क्रम बढेपछि राजधानी विस्तारै सुनसान बन्दै गएको छ ।
विशेष गरी व्यापारिक केन्द्र वरिपरिबाहेक अन्य स्थानमा मानिसको घुँइचो देखिन छाडेको छ । यातायतका साधनले खचाखच हुने सडक बिहान र साँझबाहेक अन्य समयमा थोरै यात्रु बोकेर गुडिरहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाका अनुसार गत भदौ २५ गतेदेखि आइतबारसम्म करिब १६ लाखले राजधानी छाडिसकेका छन् । दैनिक ३० हजारको हाराहारीले काठमाण्डु छाड्ने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us