काठमाण्डु, १३ असोज– पदमुक्त भएपछि पनि पूर्वउद्योगमन्त्री कर्णबहादुर थापाले उद्योग मन्त्रालयबाट लगेको बा १ झ ८६८९ नम्बरको टक्सन गाडी फिर्ता गरेका छैनन ।

सामान्यतः मन्त्रीबाट मुक्त भएको एक साताभित्र सरकारी गाडी अनिवार्य फिर्ता गर्नुपर्ने हुन्छ । तर, थापा पदमुक्त भएको दुई साता बितिसकेको छ ।
उद्योग मन्त्रालयका अधिकारीहरुका अनुसार गाडी बुझाउन थापालाई पटकपटक आग्रह गरिएको छ । गाडी बुझाउनुको सट्टा उनले उल्टै आफूलाई अशिष्ट व्यवहार गर्ने भन्दै धम्क्याएको एक अधिकारीले बताए ।
पूर्वमन्त्री थापाले भने आफूले हालका उद्योगमन्त्री महेश बस्नेतसँग नै आग्रह गरेर केही दिनका लागि गाडी राखेको बताएका छन् ।