काठमाण्डु, १२ असार– दसैंको बिदामा पनि प्रधानमन्त्री कार्यालयमा रहेको हेलो सरकार सेवा सुचारु हुने भएको छ ।
प्रधानमान्त्री कार्यालयका प्रवक्ता क्षेत्रबहादुर भण्डारीले विगत वर्षमा जस्तै यसपटक पनि दसैं बिदा अवधिभर हेलो सरकार कक्ष २४ सै घन्टा खुल्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
उक्त अवधिमा सर्वसाधारणको गुनासो एवम् उजुरी भएमा हेलो सरकार कक्षको फोन नं ११११ मा फोन तथा एसएमएस, ११०० मा फ्याक्स र [email protected] मा
इमेलमार्फत उजुरी गर्न सकिने र प्राप्त उजुरी तथा गुनासोलाई तत्काल सम्बोधन गरिने भण्डारीले बताए ।