सीके राउतलाई अनसन तोड्न नागरिक अगुवाको अपिल

काठमाण्डु टुडे २०७१ असोज १२ गते १३:१८ मा प्रकाशित

काठमाण्डु, १२ असोज– नागरिक अगुवाहरुले प्रहरी हिरासतमा रहेका सीके राउतलाई आमरण अनसन तोड्न आग्रह गरेका छन् ।
ck rautपद्मरत्न तुलाधर, खगेन्द्र संग्रौला, सीके लाल, मल्ल के सुन्दरलगायत नागरिक अगुवाले संयुक्त अपिल जारी गर्दै राउतलाई अनसन तोड्न भनेका हुन् ।

मुलुक टुक्र्याउने पृथकतावादी अभियान चलाएको आरोपमा दुई साताअघि मोरङको रंगेलीबाट पक्राउ गरेर काठमाण्डु ल्याइएका उनी प्रहरी हिरासतमै अनसन बसेका थिए ।

स्वास्थ्य बिग्रिएपछि रातउलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ । अपिलमा अगुवाहरुले राउतले अनसन तोड्ने वातारण निर्माणका लागि सरकारको समेत ध्यानाकर्षण गराएका छन् ।

‘राज्यले सहज वातावरण निर्माण गर्न तत्परता नदेखाएका कारण सीके राउतको अनसन लम्बिँदै जाने सम्भावना छ’, अपिलमा भनिएको छ, ‘अनसन जारी रहँदा उनको स्वास्थ्य बिग्रने र कुनै दुर्घटना हुन सक्ने भएकाले राउतलाई अन्य उपाय अपनाउँदै आफ्ना राख्न आहृवान गर्दछौं ।’

पद्मरत्न तुलाधर, खगेन्द्र संग्रौला, सीके लाल, मल्ल के सुन्दर, झलक सुवेदी, राजेन्द्र महर्जन, हरि रोका, कृष्ण भट्टचन, वीरेन्द्र मिश्र, युग पाठक, विजयकान्त कर्ण, तुलानारायण साह र दिपेन्द्र झालगायतले आइतबार संयुक्त अपिल जारी गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us