कक्षा १२ को नतिजा सार्वजनिक , ३९ प्रतिशत उत्तिर्ण

काठमाण्डु टुडे २०७१ असोज १२ गते ८:२३ मा प्रकाशित

काठमाण्डु, १२ असोज – उच्चमाध्यमिक शिक्षा परिषदले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

परिषदले आइतबार विज्ञान संकाय बाहेकको नतिजा प्रकाशित गरेको हो । विज्ञान संकायको नतिजा भने यसअघि नै प्रकाशित भइसकेको छ ।

परीक्षामा नियमिततर्फ ३९ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । १ लाख ९१ हृजार ४९६ विद्यार्थीले परीक्षा दिएकोमा ७४ हजार ७६४ उत्तिर्ण भएका छन् ।

आशिंकतर्फ ३० प्रतिशत अर्थात ४० हजार ८२९ पास भएका छन् । परीक्षामा आशिंकतर्फ १ लाख ३६ हजार १५५ सहभागी थिए ।

नियमिततर्फ ९९ जनाको परीक्षा रद्द भएको छ भने २२ जनाको स्थगित गरिएको छ ।

नतिजा उच्च माध्यामिक परिषदको वेभसाइट र नेपाल टेलिकमको वेभसाइट  Hseb.ntc.net.np मा हेर्न सकिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us