आज विश्व मुटुरोग दिवस

काठमाण्डु टुडे २०७१ असोज १२ गते ५:१० मा प्रकाशित

काठमाण्डु, १२ असोज, विश्व मुटुरोग दिवस आज नेपालमा पनि विविध जनचेतनामुलक कार्यक्रम गरेर मनाइँदै छ ।
mutuदिवसको यो वर्षको नारा कठिन होइन स्वस्थ मुटुको उपाय रोजौँ’ भन्ने तय गरिएको छ । दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित स्वास्थ्यका क्षेत्रका क्रियाशिल संघसंस्थाले राजधानीसहित देशैभर विविध कार्यक्रम आयोजना गरेका छन् ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व मुटु महासंघको आहृवानमा हरेक वर्ष सेम्टेम्बर महिनाको अन्तिम आइतबार यो दिवस मनाउने गरिएको छ । मुटु रोगबाट बच्न खानपिन र शारीरिक व्यायाममा ध्यान चिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

मुटुरोगबाट जोगिन नियमित व्यायाम गर्न, बढी चिन्ता नलिन रक्तचाप, मधुमेह, कोलस्टोर नियन्त्रण गर्न विज्ञहरुको सुझाव छ । विश्व मुटु महासंघका अनुसार विश्वभर बर्सेनि एक करोड ८० लाख मानिसको मृत्यु मुटुरोगका कारण हुने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us