काठमाण्डु, १२ असोज– राष्ट्रसंघीय महासभामा सहभागी हुने क्रममा अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइराला आज बेल्जियम जाँदैछन् ।
कोइराला आज साँझ न्यूयोर्कबाट बेल्जियम जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बेल्जियम प्रस्थान गर्नुअघि कोइरालाले त्यहाँ रहेका नेपालीसँग न्यूयोर्कमा अन्तरक्रिया गर्नेछन् ।
अमेरिकाबासी नेपालीले कोइरालाको सम्मानमा कार्यक्रम आयोजना गरेका हुन् । कोइरालालले बेल्जियमको राजधानी ब्रसेल्ससमा युरोपियन मुलुकहरुमा रहेका राजदूत र नियोग प्रमुखहरुसँग सामूहिक भेटवार्ता गर्नेछन् ।
त्यस क्रममा कोइरालाले दूतावासहरुको कामकारबाहीबारे राजदूतहरुसँग जानकारी लिनुका साथै आवश्यक निर्देशनसमेत दिनेछन् । कोइराला आगामी बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।