इजरायली धर्मगुरु हिरासतबाट दूतावासमा

काठमाण्डु टुडे २०७१ असोज १२ गते २:५१ मा प्रकाशित

काठमाण्डु, १२ असोज– नेपाली भिसा स्टिकर उप्काएको आरोपमा पक्राउ परेका एक इजरायली धर्मगुरुलाई अध्यागमन विभागले कानुनी प्रक्रिया पूरा नगरी नेपालस्थित इजरायली दूतावासमा बुझाएको छ ।
अदालतबाट म्याद थप गरी विभागको हिरासतमा रहेका इजरायली धर्मगुरु छेजाई जिस्टिजलाई परराष्ट्र मन्त्रालयको दबाबमा शुक्रबार दूतावासमा बझाइएको हो ।

विभागले विगत पाँच दिनदेखि उनलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको थियो । पत्नी र छोराछोरीसहित गत बिहीबार नेपाल आएका उनलाई चाहिएका बेला उपस्थित गराउने सर्तमा दूतावासको जिम्मा लगाइएको हो ।

दूतावासको पटकपटकको ताकेतापछि परराष्ट्र मन्त्रालयले लिस्तिजलाई दूतावासको जिम्मा लगाउन गृह मन्त्रालयलाई लिखित रुपमै दबाब दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us