काठमाण्डू, २७ माघ– साताको तेश्रो कारोबार दिन मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेको आरोलो यात्रा जारी रह्यो ।
मंगलबार नेप्से १० अंकले घटेर २६६२ बिन्दुमा पुगेर बजार बन्द भयो । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ८ अर्ब ६१ करोड पैयाँ बराबरको कारोबार भयो ।
अघिल्लो कारोबार दिन सोमबार १० अर्ब ७७ करोड कारोबार भएको थियो । सामूहिक लगानी कोष र व्यापार उपसमूहबाहेक अन्य सबै उपसमूहका लगानीकर्ताले गुमाए ।
कारोबारमा आएका ३२४ मध्ये २ सय २२ कम्पनीको मूल्य घट्यो भने १०६ कम्पनीको मूल्य बढ्यो । बाँकीको मूल्य स्थिर रहेको छ । कालिन्चोक दर्शन र अरुण भ्याली हाइड्रोको सेयर मूल्य सर्वाधिक बढ्यो ।
कालिन्चोक दर्शनको मूल्य ६.३६ प्रतिशत बढेर ९९५ रूपैयाँ तथा अरुण भ्यालीको सेयर ५।१८ प्रतिशतले बढेर २ सय ९४ रूपैयाँमा कारोबार भयो ।
यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ५.२४ प्रतिशतले मूल्य घटेर प्रतिकित्ता १ हजार ६ सय १० रूपैयाँमा कारोबार भयो ।
कारोबार रकमको आधारमा अरूण भ्याली अग्रस्थानमा रह्यो । उक्त कम्पनीको ४५ करोड २८ लाख रूपैयाँ बराबर सेयर कारोबार भयो ।