सिके राउतलाई छाड्न माग

काठमाण्डु टुडे २०७१ असोज ११ गते १३:३२ मा प्रकाशित

काठमाण्डु, ११ असोज– मधेसलाई नेपालबाट अलग गराउने अभियामा लागेका कारण पक्राउ परेका सिके राउतलाई बिनासर्त रिहा गर्न विभिन्न मधेस केन्द्रित संघसंस्थाले ck rautअपिल गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै सिके राउतको पक्षमा वकालगत गर्दै आएका मधेशी नागरिक समाजसहितका संस्थाले उनको स्वास्थ्य अवस्था दिनादिन नाजुक बन्दै गएको भन्दै उनको जीवन रक्षाका लागि सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

मधेशी नागरिक समाजका संयोजक गणेशकुमार मण्डलले राज्यले पूर्वाग्रही ढंगले राउतलाई फसाएको आरोप लगाए । ‘नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भएपछि पनि कमल थापाले हिन्दू राष्ट्रको कुरा उठाउनु, चित्रबहादुर केसीले संघीताको विरोध गर्दा केही नगर्ने सरकारले सिके राउतलाई नियन्त्रणमा लिनुको कुनै औचित्य छैन’, मण्डलले भने, ‘सरकारले वाक स्वतन्त्रतामाथि अंकुश लगाउने काम गरेको छ, यो हाम्रा लागि निन्दनीय छ ।’
कार्यक्रममा राउतका निजी चिकित्सक एवम् शिक्षण अस्पताल महाराजगन्जमा एमबीबीएस अन्तिम वर्षका विद्यार्थी विनय पञ्जियारले राउतको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको भन्दै सरकारले होनाहार युवा वैज्ञानिक राउतलाई बचाउन तत्काल पहलकदमी चाल्नुपर्ने धारणा राखेका छन् । सात दिनयता आमरण अनशन बसेका राउतको पिसाबमा समस्या देखिन थालेको पंजियारले बताए ।
कार्यक्रममा बोल्दै महेश साह कलवारले राष्ट्रिय राउतलाई बचाउन राज्यले अविलम्ब आवश्यक पहल गर्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us