५५ रुपैयाँ किलोमा नुन पाउँदा उपभोक्ता खुसी !

काठमाण्डु टुडे २०७१ असोज ११ गते १०:४१ मा प्रकाशित

salt-nepalसोलु, ११ असोज–  सरकारले सहुलियतमा दिएको आयोनुन सोलुखुम्बुका जनताले भने प्रतिकिलो ५५ रुपैयाँमा किन्ने गरेका छन् ।

सदरमुकाम सल्लेरीबाट २२ कोष टाढा छेस्काम गाविसका उपभोक्ता एक किलो नुन ५५ रुपैयाँ प्रतिकिलोमा किन्न बाध्य छन् । सहुलियतबाहेको नुन भने स्थानीय व्यापरीले प्रतिकिलो ७५ रुपैयाँमा बेच्ने गरेका छन् । स्थानीय दुर्गा कुलुङले सहुलियतमा ५० रुपैयाँमा नुन पाउँदा खुसी लागेको बताए ।

‘यसपालि त गाउँमै ५० रुपैयाँ किलोमा नुन पाइयो’, उनले भने, ‘एकदम खुसी लागेको छ ।’ साल्ट ट्रेडिङ कर्पोरेसनले सदरमुकाम सल्लेरीमा प्रतिकिलो ९ रुपैयाँमा आयोनुन उपलब्ध गराउँदै आएको छ ।

स्थानीय सहकारीले सल्लेरीमा जिम्मा लिएको नुन छेस्काम लगेर ५५ रुपैयाँ प्रतिकिलोमा बेच्ने गरेका छन् । यसपटक प्रतिपरिवार १४ किलोका दरले नुन बाँडिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us