पाँच नेपाली महिला कतारमा अलपत्र

काठमाण्डु टुडे २०७१ असोज ११ गते २:३७ मा प्रकाशित

कतार– बायो सर्भिस क्लिनर कम्पनीमा क्लिनरको काम गर्दै आएका ५ नेपाली महिला ६ महिनादेखि तलब नपाएपछि घर फिर्न नपाएको भन्दै नेपाली दूतावास पुगेका छन् ।

उनीहरुले तलबका लागि श्रम विभागमा समेत उजुरी हालेका छन् । कमला राई, कमला डंगोल, निमाकुमारी पन्थी, सलिन मगर र जमुना गोले दूतावास पुगेका हुन् । तीमध्ये ३ जना डीपी डायनामिक (६९३) म्यानपाबरबाट कतार आएका थिए ।
उनीहरुले अगस्ट ८ मा लेवरकोर्टमा मुद्दा हालेका थिए । लेबर कोर्टले यो मुद्दालाई उच्च अदालतमा जानका लागि सिफारिस गरेको छ ।

‘पठाइदिन्छु भन्दाभन्दै महिनौं बितिसकेको छ,’ कमला राईले भनिन् ,‘हामीलाई दैनिक खानै समस्या परिरहेको छ ।’ ५ जनामध्ये डंगोल, पन्थी र मगरले ६ महिनाको तलब पाएका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us