युनिटी प्रकरणका ठग पक्राउ

काठमाण्डु टुडे २०७१ असोज १० गते १३:०२ मा प्रकाशित

thagकाठमाण्डु, १० असोज– युनिटी लाइफ इन्टरनेशनलका फरार रहेका थप दुई सञ्चालक पक्राउ परेका छन् ।
युनिटीका इटहरी शाखा प्रबन्धक भीमप्रसाद पोखरेललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।  इटहरी घर भई काठमाण्डु पुतलीसडकमा एजुकेशन कन्सल्टेन्सी  चलाएर बसेका पोखरेल पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरको सहयोगमा नयाँबानेश्वरबाट पक्राउ परेका हुन् ।

जिल्ला अदालत सुनसरीले ठगी मुद्दामा ३ वर्षअघि नै पक्राउ पुर्जी जारी गरेका पोखरेल लुकीछिपी काठमाण्डु बस्दै आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us