प्रचण्ड विचारधारा बनाउनुपर्ने किरातीको प्रस्ताव

काठमाण्डु टुडे २०७१ असोज ९ गते ७:३० मा प्रकाशित

Gopal_Kiratiकाठमाण्डु, ९ असोज– एकीकृत माओवादी नेता गोपाल किराँतीले पार्टीको पथप्रदर्शक सिद्धान्त ‘प्रचण्ड विचारधारा’ बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहीबार आयोजित एक कार्यक्रममा किराँतीले यस्तो प्रस्ताव गरेका हुन् । कार्यक्रममा प्रमुख अथिति प्रचण्ड थिए ।

पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओवादरविचाराधारालाई बनाउनुपर्ने प्रस्ताव किरातीको थियो । एमाओवादीले १० वर्षे सशस्त्र जनयुद्धका क्रममा मौलिक विचार भन्दै जन्माएको प्रचण्डपथ तत्कालिन एकता–केन्द्र मसालसँग पार्टी एकीकरणपछि स्थगित गरेको थियो ।

एमाओवादीले हेटौंडा महाधिवेशनपछि माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्त मानेको छ । कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रचण्ड विचाराधारालाई पार्टीको पथप्रदर्शक सिद्धान्त मान्न नसकिने बताए ।

प्रचण्डपथ वा विचाराधाराको नाराले पार्टी एकतालाई फाइदा नपुग्ने उनको भनाइ थियो । ‘मेरै प्रस्तावमा विगतमा प्रचण्डपथ स्थगित गरिएको हो’, प्रचण्डले भने, ‘अहिले प्रचण्ड विचारधारा बनाउनुको अर्थ छैन, त्यसले पार्टी एकतालाई फाइदा पुग्दैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us