चितवनमा गोली चल्याे, एकको मृत्यु, एक घाइते

काठमाण्डु टुडे २०७१ असोज ९ गते ६:३८ मा प्रकाशित

चितवन, ९ असोज– चितवनको अयोध्यापुरीमा अज्ञात व्यक्तिले चलाएको गोली लागेर एकजनाको ज्यान गएको छ ।
chitwan mapबिहान करिब ११ बजेको समयमा चलेको गोली लागी अर्का एक गम्भीर घाइते भएका छन् । मृतकको सनाखत हुन बाँकी छ । घाइते स्थानीय त्रिलोक महतोलाई उपचारका लागि भरतपुर ल्याइएको छ ।

गोली कसले र किन चलाएको हो भन्नेबारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका नायव उपरीक्षक शान्तिराज कोइरालालाई उद्धृत गर्दै पत्रकार चिन्तामणि पौडेलले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय माडीबाट गएको प्रहरी टोलीले घटनास्थललाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us