केपी ओलीलाई लाग्यो दसैं

काठमाण्डु टुडे २०७१ असोज ९ गते ६:३८ मा प्रकाशित

काठमाण्डु, ९ असोज– एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई बडादसैंको शुभकामना दिएका छन् ।
KP Oliहिन्दू नेपालीहरुले महान चाड दसैंको पहिलो दिन घटस्थापना गरिरहेका बेला ओलीले फेसबुकबाट शुभकामना बाँडेका छन् ।

ओलीले सबैको जीवनमा शान्ति, ओठमा हाँसो तथा दुर्गामाताको आशिर्वादले सोचेको पूरा होस् भन्ने कामना गरेका छन् ।

ओलीले फेसबुकमा लेखेका छन्,

‘विजया दशमी शुभारम्भ:

शान्ति रहोस् जीवनमा
ओठमा हाँसो छाओस्
दुर्गामाताको आशीर्वादले

सोचेजस्तै पुग्दै जाओस्

पुकार्दै मनले नवदुर्गालाई गरेर मनको कामना
सबैलाई मेरो यो दसैँको शुभकामना !!’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us