काठमाण्डु, ९ असोज– सशस्त्र द्वन्द्वका बेला जागिर छाडेका सेना–प्रहरीले पुनर्बहालीको माग राखेर आमरण अनसन सुरु गरेका छन् ।
पुर्नबहालीको माग गर्दै संर्घष समितिले बिहीबारदेखि काठमाण्डुको शान्ति बाटिकामा आमरण अनसन थालेको हो । आफूहरुको स–सम्मान पुर्नबहाली हुनुपर्ने र सेवा अवधिका आधारमा पेन्सन व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।
यसअघि उनीहरु गत भदौ २९ देखि असोज ६ गतेसम्म शान्ति बाटिकामै धर्नामा बसेका थिए । संर्घष समितिका संयोजक कृष्ण कोइरालाले सरकारले आफूहरुको माग सुनुवाई नगरेकाले आमरण अनसन सुरु गरेको बताए ।