ईश्वर र चिकित्सकले बचाए: ज्ञानेन्द्र

काठमाण्डु टुडे २०७१ असोज ६ गते १५:०३ मा प्रकाशित

ganendraकाठमाण्डु, ६ असोज– पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई ‘ईश्वरको अनुग्रह र दक्ष चिकित्सकको कुशल उपचारबाट आफू स्वस्थ्य भएको बताएका छन् ।

नर्भिक अस्पतालमा हृदयघातको उपचार गरी सोमबार डिस्चार्ज भएका शाहले आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति आभारसमेत प्रकट गरेका छन् ।

शाहका तर्फबाट उनका निजी सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा चिकित्सकले शाहलाई केही साता आराम गर्न सल्लाह दिएको उल्लेख छ ।

‘पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारबाट आफू ईश्वरको अनुग्रह र दक्ष चिकित्सकको कुशल उपचार सेवाबाट स्वस्थ्य भएको महसुस गरिबक्सेको छ’, पूर्वराजा शाहका निजी सचिव फणिराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, वक्तव्यमा अगाडि भनिएको छ,’आफ्नो अस्वस्थताको क्षणमा सेवारत एवम् सुस्वास्थ्यलाभको कामना राख्ने सबैलाई हार्दिक धन्यवाद बक्सेको छ ।’

हृदयघात भएपछि शनिबार राति अस्पताल भर्ना भएका शाह स्वास्थ्यमा सुधार भएपछि सोमबार डिस्चार्ज भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us