पिडीएका केही बुँदामा हाम्रो असहमति छ: महरा

काठमाण्डु टुडे २०७१ असोज ६ गते १३:४९ मा प्रकाशित

काठमाण्डु, ६ असोज– एमाओवादी महासचिव कृष्णबहादुर महराले आफ्नो पार्टी माथिल्लो कर्णाली जलविद्युत आयोजनाका लागि भारतीय कम्पनी जिएमआरसँग लगानी maharaबोर्डले गरेको आयोजना विकास सम्झौता ‘पिडीए’ को विपक्षमा नरहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज ‘सेजन’ ले सोमबार काठमाण्डुमा  गरेको कार्यक्रममा महराले प्रमुख प्रतिपक्षको हैसियतमा सम्झौता गर्दा सत्तापक्षले आफूहरुसँग सल्लाह नगरेको भन्दै आपत्ति जनाए । सम्झौताका केही प्रावधानमा आफूहरुको असहमति रहेको उनको भनाइ थियो ।

‘हाम्रो भनाइ पिटीए गर्नै हुने थिएन भन्ने होइन’, महराले भने, ‘तर प्रमुख प्रतिपक्षको हैसियतमा हामीसँग कुनै सल्लाह गरिएन ।’  सरकारले केही दिनअघि भारतसँग विद्युत व्यापार सम्झौता पिटिए र भारतीय कम्पनी जिएमआरसँग माथिल्लो कर्णाली आयोजनाको विद्युत विकास सम्झौता पिडिए गरेको थियो ।

कार्यक्रममा महराले राज्यले रोजगारी दिन नसक्दा युवा शक्ति पलायन भइरहेको भन्दै रोजगारी सिर्जनामा सबै मिलेर काम गर्नुपर्ने बताए । कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले भारतसँग भएको पिडिएले नेपालमा लगानीको बाटो खुलेको बताए । विकासका गतिविधि राजनीतिको छाँयामा परेको भन्दै उनले  त्यसले विकासमा बाधा पुर्याकएको बताए ।

ज्ञवालीले ठेक्कापट्टामा युवाको प्रयोग गलत भएको भन्दै त्यसलाई अन्त्य गर्न ई–बिडिङलाई तल्लो तहसम्म कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान नबनेसम्म विकासका गतिविधि प्रभावकारी रुपमा अघि बढ्न नसक्ने भन्दै संविधान निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us