नख्खु कारागारबाट चिनियाँ कैदी फरार

काठमाण्डु टुडे २०७१ असोज ६ गते १३:३४ मा प्रकाशित

काठमाण्डु, ६ असोज– नख्खु कारागारबाट सोमबार एक चिनियाँ कैदी फरार भएका छन् ।
फरार हुनेमा वन मुद्धामा दोषी ठहर भई जेल भुक्तान गरिरहेका चिनियाँ नागरिक जु योङ खा छन् । महानगरीय प्रहरी प्रभाग ललितपुरका अनुसार दाँतको उपचारका लागि ल्याइएका बेला उनी पाटन अस्पतालबाट फरार भएका हुन् ।

जिल्ला वन कार्यालय सिन्धुपाल्चोकबाट वन मुद्धामा १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएका उनी गत माघ २५ गतेदेखि नख्खु कारागार स्थानान्तरण भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us